बाढीले जनकल्याण माविमा पु¥यायो क्षती, हिलाम्मे कक्षामै परीक्षा संचालन

1853 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ,२० असार – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मासटारमा रहेको जनकल्याण माविमा रातीको समयमा भल बाढी पसेर क्षती पु¥याएको छ । घट्टेखोलामा आएको बाढीले बिद्यालयको कम्पाउड वाल, स्टोर भवन र चमेना गृहमा क्षती पु¥याएको छ । यसै गरी चार वटा कक्षा कोठामा बाढी पसेर जलमग्न भएको बिद्यालयका प्रधानाध्यापक राजाराम अर्यालले वताउनु भयो ।

भलबाढीले बिद्यालयमा क्षती पु¥याएपनि गल्छी गाउँपालिका स्तरीय परीक्षा संचालन भईरहेकोले शुक्रवार हिलाम्मे कक्षा कोठामा राखेर परीक्षा लिनु परेको बिद्यालयका शिक्षक रामहरि पराजुलीले जानकारी दिनु भयो ।


राती पानी परेपछि घट्टेखोलामा पानीको वहाब बढ्दै गएर अनियन्त्रित भई बिद्यालय मा बाढी पसेर क्षती पु¥याएको गल्छी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजु अधिकारीले वताउनु भयो । बाढीले बिद्यालयको संरचना र अन्य क्षेत्रमा पु¥याएको क्षती पुननिर्माणका लागि ५० लाख खर्च लाग्ने वडा अध्यक्ष अधिकारीको भनाई छ ।


गाउँ गाउँमा नयाँ सडक खन्ने पुराना सडकको स्तरोन्नतीका लागि काम भईरहेको र ति सडकबाट निस्किएको माटो वगाउँदै खोलामा पुगेपछि बाढीको रुप लिन पुगेको स्थानीयको भनाई छ ।

 

 

  • तस्बिर /  रामहरी पराजुली