त्रिशूलीमा ट्रक खस्दा सहचालकको मृत्यु
2864 पटक पढिएको

धादिङ, २८ असार – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको सिमाना नजिकै पर्ने चितवनको इच्छाकामना गाउपालिका–५ नाग्दी खोलाबाट मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परेर वेपत्ता भएका ट्रकका सहचालक दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङको शव शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा शनिवार विहान नदीबाट निकालिएकोछ ।
मध्य राति १ः ३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक नाग्दीखोलावाट त्रिशूलीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक नविनराजा वुढाथोकीले बताउनु भयो । ।
प्रहरीका अनुसार ट्रकका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापा मगर घाइते भएका छन । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक पूरै पानीमा डुबेको छ नदीमा पानीको बहाव बढेर बाढी आईरहेको भए पनि प्रहरीका जवान लक्ष्मण रानाभाटले सहचालकको शव नदीबाट बाहिर निकालेका थिए
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७६, २८ असार शनिबार ०९:३४ मा प्रकाशित