गजुरी गाउँपालिकाको खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना विमोचन

1677 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी- धादिङको गजुरी गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तय गरेको छ । गाउँपालिका भित्र खाद्य सुरक्षाका लागि अपनाउनु पर्ने विभिन्न पक्षलाई समेटेर तयार पारिएको योजना पुस्तिकाको आईतबार विमोचन गरिएको छ ।


गजुरी गाउँ पालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा संघीय सांसद भुमि त्रिपाठीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा फियान  नेपालका सचिव गोकर्ण रुपाखेती, कृषि बिज्ञ लुमनाथ अधिकारी,गैसस महासंघ ३ नम्बर प्रदेश समितिका अध्यक्ष दामोदर अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिहर सिंह राठौर, ३ नम्बर प्रदेश समितिका कोषाध्यक्ष सीताराम अधिकारी, धादिङ शाखा अध्यक्ष नवराज छत्कुलीका साथै लगायतको आतिथ्य रहेको थियो ।


यसैगरि गाउँ पालिका उपाध्यक्ष सीता ढुङ्गाना वडाअध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, गाउँपालिकाका बिषयगत शाखाका प्रमुख एवम प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो । गजुरी गाउँ पालिकाको आयोजना तथा फियान नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले तयार पारेको खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना कार्यक्रमका संघीय सांसद भूमि त्रिपाठीले विमोचन गर्नु भएको हो ।