छिमेकीलाई बोक्सी आरोप लगाउने अनिता विरुद्ध उजुरी
874 पटक पढिएको

धादिङ,१५ साउन – सिद्धलेक गाउँपालिका-२ नलाङकी २५ वर्षीया पविता दुवाडीले कथित बोक्सी आरोप लगाउने छिमेकी २५ वर्षीया अनिता मगर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७६ साउन १४ गते उजुरी दिएकी छिन् ।
लुगा धुन लागेको बेला साउन १३ गते साँझ कथित बोक्सीको आरोप लगाउँदै दुरव्यवहार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो ।
एक महिनादेखि कथित बोक्सी आरोप लगाउँदै बच्चालाई समेत बोक्सीको छोरा भनेर दुरुव्यवहार गर्ने गरेको पीडितले जनाइन् ।
पटक पटकको दुरव्यवहारबाट आजित भएपछि कारबाहीको माग गर्दै उजुरी दिएको पिडितले वताईन । प्रहरीमा उजुरी दर्ता भएपछि आरोपित महिला फरार रहेकी छिन ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७६, १५ श्रावण बुधबार ०६:४४ मा प्रकाशित