धादिङबेसी टारीबेसी बस भाडा अब एक सय रुपैयाँमात्रै

2792 पटक पढिएको

प्रकाशित मिति: २०७६, ३० श्रावण बिहीबार ०७:२३

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ- सदरमुकाम धादिङबेशीदेखि टारीबेसी सम्मको सडक कालोपत्रे भईसक्दा पनि कच्ची सडककौ भाडा लागू भएको भन्दै सरोकारवालाहरुले पटक पटक विरोध जनाएपछि  सल्यानटार, आरुघाट रुटको भाडा घट्ने भएको छ ।

सल्यानटार रुटमा चल्ने  यातायातका साधनहरुले मनपरि भाडा लिई रहेको भन्ने व्यापक जनगुनासो आईरहेको थियो । कच्ची सडक हुंदा लागु भएको भाडा  सडक कालोपत्रे भईसक्दा पनि यातायात व्यवसायीहरुले घटाउन मानेका थिएनन् ।

नागरिक समाजका प्रतिनिधिहरुले धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई ज्ञापन पत्र बुझाई भाडादर फेरवदलकालागि आग्रह गरेपछि बुधवार प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले आगामी भाद्र १ गतेबाट भाडदर घटाउने निर्णय गरेको हो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख (एसपि) राजकुमार बैदवार, जिल्ला स्थित अन्इ सुरक्षा निकायका प्रमुखहरु‚ राजनितिक दलका प्रतिनिधीहरु‚ उद्योग बाणिज्य संघका प्रतिनिधीहरु‚ संचारकर्मी‚ यातायात व्यवसायीका प्रतिनिधीहरु‚ अपाङ्गता  संघका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

सर्वपक्षिय बैठकबाट धादिङबेशीदेखि सल्यानटार विशालनगर आरुघाट रुटमा चल्ने सवारी साधनहरुको भाडादर भाद्र १ गतेबाट लागु हुने गरी घटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनु भयो । अब धादिङबेशीदेखि टारीबेशीसम्मको भाडा  १०० रुपैयाँ कायम गरिएको छ । यस अघि यातायात व्यवसायीहरुले १५० भन्दा माथि मनोमानी रुपमा लिंदै आईरहेका थिए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, ३० श्रावण बिहीबार ०७:२३ मा प्रकाशित