पसल चोरी गर्ने समुह पक्राउ

1214 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२भदौ -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकका भिमसेन भण्डारीले खनियावास गाउँपालिका वडा नम्बर ४ किङताङफेदीमा रहेको पसलमा चोरी गरि भागेको समूहलाई पक्राउ गरेको छ ।
चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका १ बस्ने वर्ष २२ को केवल थापा मगर‚ सोही ठाउँका बर्ष १८ को मिलन राना मगर र मनिष थापा मगर र बर्दिया जिल्ला घर भई हाल नेत्रावती डबजोङ १ बस्ने वर्ष २२ को राजकुमार चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी थुनामा राखि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
भण्डारीको कस्मेटिक पसलबाट साउन २२ गते नगद १० हजार‚ एनटिसीको रिचार्ज कार्ड ५० दरको ३० वटा‚ क्याप ६ पिस‚ रुमाल १० वटा‚ हापपेन्ट ३ पिस‚ टिसर्ट ६ पिस‚ हेण्डीप्लास्ट टेप १ डिब्बा‚ ३५० दरको डिसहोम रिचार्जकार्ड ८ वटा‚ एनसेलको १०० को रिचार्ज कार्ड १५ वटा लगायतका सामानहरु चोरी भएको भनि प्रहरीमा जानकारी आएको र पक्राउ परेका व्यक्तिहरु सो चोरीमा संलग्न भएको भन्ने सवुद भेटिएकाले थुनामा राखी अनुसन्धान गरिरहेको धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।