कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा शुरु

1269 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ भदौ – चितवनको कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालनमा आएको छ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडक खण्डमा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त एम्बुलेन्स सेवा सञ्चालन आएको हो ।

एम्बुलेन्स संचालकहरु कमिशनको चक्करमा फस्दा विरामी र उस्का आफन्तले आफुँले रोजेको अस्पतालमा उपचार गर्न नपाएको जनगुनासो बढिरहेको बेला सरकारी स्वामित्वमा रहने गरी सुविधा सम्पन्न एम्बुलेन्स सेवा शुरु भएको हो ।सडक सञ्जालको बिस्तार संगै गाउँ गाउँमा एम्बुलेन्स सेवा पुगेपनि एम्बुलेन्स संचालकहरुले कमिशनको लोभमा महंगा अस्पतालमा विरामी लगिदिने गरेको आरोप लाग्दै आएको छ ।

राजमार्ग र शाखा सडकहरु क्षेत्रमा दिनहुँ जस्तो भईरहने दुर्घटनाका घाईते र राजमार्ग आसपासका बस्तीका विभिन्न प्रकारका गम्भिर अवस्थाका विरामीहरुलाई लक्षित गरि नेपाल एम्बुलेन्स सर्भिसको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालिम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

राजमार्ग तथा आसपासका शाखा सडकहरुमा हुने सवारी दुर्घटनामा घाइते भएका तथा अन्य अवस्थामा गम्भिर विरामी भएका हरूलाई सेवा दिन, आकस्मिक तथा उद्धार प्रयोजनका लागि उक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईएको हो । राजधानी काठमाडांैमा सञ्चालनमा रहेको उक्त एम्बुलेन्स आइतबार देखि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालिम शिक्षालय कुरिनटार चितवनलाई हस्तान्तरण गरिएको छ । एम्बुलेन्सको व्यवस्थापकीय जिम्मेवारी शशस्त्र प्रहरी वल कुरिनटार र चितवनको इच्छाकामना गाउँपालिकाको हुनेछ ।


नेपाल एम्बुलेन्स सर्भिसका महासचिव तथा सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक शारदाभक्त रन्जितका अनुसार एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मीसमेत साथमा रहनेछन् । एम्बुलेन्सभित्रै प्राथमिक उपचार गरिने भएकोले दुर्घटनाका घाइतेको उपचारको अभावमा बाटैमा मृत्यु हुने सम्भावना कम हुने शशस्त्र प्रहरी वलका पूर्व प्रहरी नायब महानिरीक्षक रन्जित बताउँछन । एम्बुलेन्सले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भाडा लिने छ । एम्बुलेन्समा अत्याधुनिक उपकरण, उपचार विधि र आकस्मिक स्वास्थ्यकर्मी इएम्टिएस समेत साथमा उपलब्ध भएकोले गर्दा हस्पिटल पुग्नुभन्दा पहिला नै एम्बुलेन्सभित्रै अत्यावश्यक चिकित्सा सेवा उपलव्ध हुने छ ।

नेपाल एम्बुलेन्स सेवाले चालक र मेडिकल प्राविधिक सहित एम्बुलेन्सको सबै खर्च व्यहोर्ने गरी व्यवस्थित रुपमा सञ्चालन गर्न सशस्त्र प्रहरी बल कुरिनटारलाई एम्बुलेन्स उपलव्ध गराएको हो । एम्बुलेन्स सेवाले काठमाडौं उपत्यकाका साथै, चितवन, पोखरा र बुटवलमा समेत गरी १० ओटा यस्ता एम्बुलेन्स सञ्चालन गरिरहेको जानकारी दिएको छ ।बिरामीहरूका लागि आकस्मिक स्वास्थ्यकर्मी सहितको द्रूत एम्बुलेन्सहरू, उपचारको सुनिश्चितता गर्नका लागि सञ्चालनमा ल्याईएको उक्त एम्बुलेन्स बस २२ जना क्षमताको रहेको छ । दुर्घटना तथा अन्य विपतमा परेका विरामी तथा घाईतेका आफन्तहरुले एम्वुलेन्सलाई कुनै शुल्क तिर्नु नपर्ने तर घटनास्थलबाट अस्पतालसम्म पु¥याउँदा विच बाटोमा कुनै उपचार गर्नुपरेमा औषधीको न्युनतम मुल्य भने तिर्नु पर्ने छ ।