धौखोला नजिकै बोलेरो दुर्घटना, १५ जना घाइते

1658 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १५ भदौ –  धादिङको नीलकण्ठ नगरपालिका –९ धौखोला नजिकै बोलेरो जिप दुर्घटना हुंदा १५ जना घाईते भएका छन् । जिल्लाकै ज्वालामुखी गाउँपालिका–५ खरिबाट यात्रु लिएर सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो जिप आईतबार विहान ९.२० वजे तिर धौखाला नजिकै सडकबाट ५ मिटर तल खस्दा १५ जना घाइते भएका हुन ।

दुर्घटनामा परि घाइते भएका मध्ये ज्वालामुखी ५ खरिकी काली गुरुङ र रामवहादुर दुवाडीको अवस्था गम्भिर भएको कारण उपचारका लागि काठमाडौको ट्रमा सेन्टर लगिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले दिएको जानकारी अनुसार दुवै जनाको जिल्लामा उपचार हुन नसक्ने भएपछि उपचारको लागि काठमाडौं पठाईएको हो ।

क्षमताभन्दा बढी यात्रु बोकेर आएको जिप विग्रेको सडकमा एक्कासी अनियन्त्रित पल्टिएपछि दुर्घटना भएको हो । दुर्घटनामा ज्वालामुखी ५ खरीका २९ वर्षीय सोमबहादुर मगराती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का, २५ वर्षीया गीता रोक्का, २२ वर्षीय धनबहादुर दुवाडी, ६ वर्षीया रोचिता गुरुङ, बर्ष १७ की रसिता रोक्का घाईते भएका छन ।

त्यस्तै १० वर्षीया सरिता रोक्का, र पार्वती नेपाली, ५० वर्षीया देवकुमारी थापा मगर, १० वर्षीय सुनिल बालकोटी, १७ वर्षीया सरस्वती गुरुङ, नीलकण्ठ नगरपालिका २ साँखुका १३ वर्षीय सिर्जना नेपाली घाइते भएका छन । सामान्य घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।