भुलभुले थुम्किमा जिप दुर्घटना हुंदा १० जना घाईते

1640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- धादिङबेसीबाट नीलकण्ठ नगरपालिकाको खाल्टे पात्ले तर्फ जांदै गरेको ग १ ज ६०६१ नम्बरको वोलेरो जिप नीलकण्ठ नगरपालिका वडा नम्बर ३ भुलभुले थुम्किमा दुर्घटना हुंदा १० जना घाईते भएका छन ।

मंगलबार दिउँसो सवा ३ वजे तिर भएको दुर्घटनामा परि जीपमा सवार १० जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले उनिहरुलाई थप उपचारको लागि काठमाडौ पठाईएको छ भने बाँकी घाईतेको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।उकालो बाटोमा पुगेपछि एक्कासी अनियन्त्रित भई जिप सडक छेउमा पल्टिंदा जिपमा सवार १२ जना मध्ये १० जना घाईते भएका हुन ।

जिल्ला अस्पताल धादिङका उपचार भईरहेका घाईतेहरु
१. जिल्ला धादिङ निलकण्ठ न.पा. १ देउराली बस्ने अं बर्ष २९ की कल्पना भुजेल‚ अबस्था सामान्य
२. जिल्ला धादिङ निलकण्ठ न.पा. ९ पात्ले बस्ने अं बर्ष २३ की लक्ष्मि घले‚ अबस्था सामान्य
३. जिल्ला धादिङ निलकण्ठ न.पा. १ हिलखर्क बस्ने अं बर्ष ६३ की फुलमाया गुरुङ‚ अबस्था सामान्य
४. जिल्ला धादिङ निलकण्ठ न.पा. ५ खल्टे बस्ने अं बर्ष २१ की साबित्री गुरुङ‚ अबस्था मध्यम
५. जिल्ला धादिङ निलकण्ठ न.पा.१ हिलखर्क बस्ने अं बर्ष ४८ को सन्त बहादुर गुरुङ‚ अबस्था सामान्य
६. जिल्ला चितवन ईच्छामनकामना गा.पा. बस्ने बर्ष ४० की दिलमाया थापा मगर‚ अबस्था सामान्य
काठमाण्डौ रिफर भएका घाईतेहरु

१. जिल्ला धादिङ निलकण्ठ न.पा. १ बस्ने अं बर्ष ६५ की नाममाया गुरुङ‚ काठमाण्डौ रिफर
२. जिल्ला धादिङ निलकण्ठ न.पा. ५ पतेनी बस्ने अं बर्ष ३९ को ईश्वर दाहाल‚ काठमाण्डौ रिफर रिफर
३. जिल्ला धादिङ निलकण्ठ न.पा. १ हिलखर्क बस्ने अं बर्ष ६४ को पुर्ण बहादुर गुरुङ‚ काठमाण्डौ रिफर
४. जिल्ला धादिङ निलकण्ठ न.पा.९ पात्ले बस्ने अं बर्ष ४० की लिला कुमारी गुरुङ‚ काठमाण्डौ रिफर