धादिङबेसी आउँदै गरेको बस केराम्जामा पल्टिंदा पाँच जना घाईते

1180 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१२ असोज – धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेसीका लागि छुटेको बस आईतबार विहान दुर्घटना हुंदा बसमा सवार पाँच जना घाईते भएका छन ।

सेमजोङबाट सदरमुकाम धादिङबेसी आउदै गरेको धादिङ यातायात को बा ४ ख ५७९३ नम्बरको आईतबार विहान ८.३० वजे तिर नेत्रावती डबजोङको वडा नम्बर ५ केराम्जा स्थित साङकोष तिप्लिङ सडक खण्डमा दुर्घटना भएको हो ।
बस अत्याधिक गतिमा रहेको अनियन्त्रि भई सडक बाट अन्दाजि एक सय मिटर तल गुल्टदै खेतमा पुगेको स्थानीयले वताएका छन । दुर्घटनामा परि धादिङको नेत्रावती डबजोङ ५ का ५८ बर्षिय दल बहादुर तामाङ र सोही ठाउँ बस्ने ६९ बर्षिया हस्त कुमारी तामाङ गम्भीर घाईते भएका छन् ।

यसै गरीे सोही स्थानकी २० बर्षिया लक्ष्मी गुरुङ,४५ बर्षका चन्द परियार ६० बर्षकी शान्तमाया गुरुङ घाईते भएका छन । घाईतेहरु सबैको उद्धार गरि जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

बसका चालक र सह चालक दुर्घटना पछि फरार रहेको र उनिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्हरी कार्यालय धादिङले जनाएको छ । सात जना यात्रु लिएर आईरहेको बस अत्याधिक गतिमा हुईकिएपछि दुई जना यात्रु भने दुर्घटना स्थल भन्दा केही तल झरेर अर्को जिपमा चढेर आएको घाईतेहरुले बताए ।