ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

1467 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ ।

लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने ब्रुसबाङका अति बिपन्न चेपाङहरुलाई दशैंको अवसर पारेर खाद्यान्न बितरण गरिएको हो ।

बर्षैभरी खाद्यान्न संकट व्यहोर्दै आईरहेका ब्रुसबाङ गाउँका ३६ घर परिवारलाई दशैंको बेला पारेर चामल ९ सय ७५केजि रातो मुसुरो दाल १ सय ९५ केजि नुन १ सय ९५ केजिका साथै खानेतेल ३६ लिटर वितरण गरिएको लायन्स इश्वर भण्डारीले बताउनु भयो ।

लायन्स क्लब नेपाल हाईलाईट र धादिङ न्यूज डट कमको पहलमा भएको उक्त सहयोग बितरणका लागि रुमाहेदी फाउण्डेशन नेपाल र स्टिचिङ प्रोजेक्शन नेपाल (Rumahedi Foundation Nepal /  stiching projection nepal )को आर्थिक सहयोग रहेको थियो भने सामाजिक अभियन्ता शर्मिला डंगोलले ३६ लिटर खानेतेल दिएर सहयोग गर्नु भएको थियो ।

सहयोग बितरणका अवसरमा बेनिघाट रोराङ गाउँपालिकान वडा नम्बर २ का वडा अध्यक्ष टंकवहादुर थापाका साथै स्थानीय जनप्रतिनिधि,ताल्ति प्रहरी चौकीका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । ब्रुसबाङका चेपाङहरुले आर्थिक अभावका कारण दशैंको वेला भोकै बस्न नपरोस भन्ने लक्ष्यका साथ खाद्यान्न सहयोग गरिएको भण्डारीले वताउनु भयो ।


ब्रुसबाङका चेपाङले भोग्नु परेको कष्टकर दैनिकीको बारेमा धादिङ न्यूज डट कमले समाचार प्रकाशित गरेपछि उनिहरुको सहयोगका लागि दाताहरु जुटेका हुन ।