गजुरीको तुनीखोलामा जिप दुर्घटना,दश यात्रु घाईते

1356 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१४ कात्तिक- धादिङको मलेखु भण्डारा सडक खण्डको तुनीखोलामा यात्रुवाहक जिप दुर्घटना हुंदा दश जना यात्रु घाईते भएका छन ।

वेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखु तर्फ २३ जना यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जिप आज विहान ९ वजे तिर गजुरी गाउँपालिका वडा नम्बर २ तुनीखोला नजिकै दुर्घटना हुंदा जना दश जना यात्रु घाईते भएका हुन ।

तिहार मानेर फर्किएका यात्रु लिएर गाउँबाट पृथ्वीराजमार्ग तर्फ आईरहेको उक्त जिप सडकबाट ३० मिटर तल खोलामा खसेको स्थानीय भरत बराकोटीले धादिङ न्यूजलाई बताउनु भयो । जिप दुर्घटनाको खबर आए लगत्तै प्रहरी, रेडक्रसकर्मी, स्वयंसेवक टोली र स्थानीयले घाईतेहरुको उद्धार गरि उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु पठाएको पनि बराकोटीले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाईते हुनेहरुमा धादिङको गजुरी २ का २३ बर्षका अच्युत सिलवाल,बर्ष २५ को भिम सिलवाल, बर्ष १५ का बिबस सेढाई, गजुरी ३ का २२ बर्षका दिनेस तामाङ, बेनिघाट रोराङ २ छापडाँडाका नबराज खरेल, बर्ष १८ को सरस्वती रेग्मी, ताल्तिका बर्ष ३४ का सान्तिमाया तामाङ, बेनिघाट रोराङ ४ का बर्ष २४ का नरेस सिलवाल र मकवानपुर मनहरी ३ का बर्ष २८ को सुनिल दर्जी रहेको इलाका प्रहरी कार्यालय गजुरी धादिङले वताएको छ ।