मलेखुबाट अवैध लागूऔषध सहित २ जना पक्राउ

1472 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१५ कात्तिक, । धादिङको मलेखु बाट प्रहरीले ७ केजी ५ सय ग्राम  अवैध लागूऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मलेखुबाट अवैध लागूऔषध गाँजासहित स्याङजा जिल्ला भोर्ले स्थायी घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका-१४ बाग्लुङ बसपार्क बस्ने बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रुकुम जिल्लाको जेलबाङ घर भई कास्की जिल्लाको पोखरा महानगरपालिकाको तालचोक बस्ने २६ वर्षीया संगिता परियारलाई प्रहरीले शुक्रबार विहान पक्राउ गरेको हो ।

प्रहरी चौकी मलेखु र ईलाका प्रहरी कार्यालय गजुरीबाट गस्तिमा खटिएको प्रहरीले ग १० प ४४९४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा चालक कृष्ण र स्कुटरमा सवार संगिताको साथबाट ७ केजी ५ सय ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । ताल्ति तर्फबाट मलेखु आईरहेको उक्त स्कुटरमा चालक र यात्रुको बिचमा राखिएको २ वटा जेव्रा झोला खानतलासी गर्दा गाँजा भेटिएको प्रहरीले वताएको छ ।

पक्राउ परेका दुवै जना, उनिहरु चढि आएको स्कुटर, उनिहरुको साथमा रहेको मोवाईल र सिमकार्ड नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।