सातौं धादिङ महोत्सव, २४ वटा बिषयगत समिति गठन

2552 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २४ कात्तिक – सातौं धादिङ महोत्सव मुल आयोजक समिति र विभिन्न बिषयगत समितिको गठन गरिएको छ । महोत्सव आयोजनाको तयारीमा जुटेको धादिङ उद्योग बाणिज्य संघको शनिवार धादिङबेसीमा सम्पन्न क्षेत्रीय तथा जिल्ला कार्य समितिको संयुक्त बैठकले सातौं धादिङ महोत्सव २०७६ पुस ११ गते देखि २१ ग्ते सम्म सदरमुकाम धादिङबेसीको खुल्लामञ्चमा आयोजना गर्ने निर्णय गर्दै महोत्सव सफल पार्न १ सय ५१ सदस्यिय मुल आयोजक समिति, ५१ सदस्यिय सल्लाहकार समिति र सल्लाहकार समिति विभिन्न २४ वटा बिषयगत समितिको गठन गरेको छ ।

सातौं धादिङ महोत्सव मुल आयोजक समितिको संयोजकमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्रवहादुर खत्री रहनु भएको छ । यसै गरी विभिन्न समितिहरुमा बाल उद्यान व्यवस्थापनमा नृपेश न्यौपाने, यातायात,ट्राफिक तथा पार्किङमा राजाराम सिलवाल,आर्थिकमा रामकुमार डल्लाकोटी, आवास तथा भोजन व्यवस्थापनमा मनमाया गोतामे, टिकट तथा गेटपास व्यवस्थापनमा गोविन्द भण्डारी, स्वागत तथा अतिथि सत्कारमा वोधनाथ दुवाडी, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा रुद्रवहादुर खत्री र सचिवालय व्यवस्थापनमा लोकनाथ डल्लाकोटी रहनु भएको छ ।

त्यसै गरि खानेपानी तथा सरसफाई व्यवस्थापनमा अर्जुन सापकोटा,सूचना तथा प्रचार प्रसारमा राजेश अधिकारी, आन्तरिक सुरक्षा व्यवस्थापनमा राजकुमार श्रेष्ठ ( डाँडाघरे), स्टल निर्माण तथा व्यवस्थापनमा किरण रावल,झाँकी व्यवस्थापनमा सुरेन्द्र श्रेष्ठ,सामाजिक सञ्जालमा पुष्पराज थपलिया, पर्यटनमा राजकुमार श्रेष्ठ, महिला तथा बालवालिका परिचालनमा बिष्णु श्रेष्ठ र शिक्षा तथा स्वास्थ्य व्यवस्थापनमा दिपककुमार कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

त्यसै गरि कृषि प्रदर्शनी व्यवस्थापनमा रामकुमार शाह, स्थानीय उत्पादन पहिचान तथा प्रदर्शनी व्यवस्थापनमा विश्वराम दुवाडी,स्वयम सेवक परिचालनमा अजय त्रिपाठी, मञ्च मेला स्थल सजावट तथा व्यवस्थापनमा बिष्णुमणि श्रेष्ठ, प्राथमिक उपचार व्यवस्थापनमा सुमन धरेल, मेला अनुगमन तथा व्यवस्थापनमा कृष्णकुमार श्रेष्ठ र प्रायोजक सह प्रायोजक सहयोगी समन्वय समितिको संयोजकमा ऋषिनाथ त्रिपाठीलाई चयन गरिएको छ । बिषयगत समितिले आवश्यकताअनुसार सदस्यहरु थप गर्न सक्ने छन् ।

महोत्सवमा धादिङका पर्यटकीय स्थलहरुको वारेमा जानकारी दिने बिशेष स्टल, कार्यक्रम अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा कला प्रदर्शनी, कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा मार्फत मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको धादिङ उद्योग बाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले जानकारी दिनु भयो ।

महोत्सवलाई कुनै क्षेत्रको मात्र नवनाई जिल्लाबासीले हरेक ढंगबाट अपनत्व महसुस गर्ने गरी १३ वटै स्थानीय सरकार र जिल्ला तथा जिल्ला वाहिरका सरोकारवाला सरकारी , गैर सरकारी र निजी क्षेत्रसंग सहकार्य गरि अघि बढिने मुल आयोजक समितिका संयोजक रुद्रवहादुर खत्रीले वताउनु भयो ।