भुमेस्थानका सोनाम आठ किलो चरेससहित पक्राउ
1407 पटक पढिएको
धादिङं । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रे गाउँपालिका २ भुमेस्थान सिम्ले बस्ने ५५ वर्र्षीय सोनाम वाइबालाई ८ केजी ५।३५ ग्राम चरेश सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख २८४० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सोनामलाई झोलाभित्र लुकाएर राखिएको चरेससहित पक्राउ गरेको हो।
पक्राउ परेका वाइबामाथि अनुसन्धान भइरहेको काठमाण्डौं प्रहरीले जनाएको छ।







