प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

1387 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ ।

जिल्लामा कार्यरत रहँदा जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम राख्न सफल हुनुभएको भन्दै जिल्लाका विभिन्न सामाजिक संस्थाहरुका साथै जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै कार्यक्रम गरि प्रहरी उपरिक्षक बैदवारलाई विदाई गरेको हो ।


बैदवार जिल्ला प्रहरी कार्यालय धादिङबाट महानगरिय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौ काज सरुवा भै जानु भएको हो ।