लोकसेवाले नासु र खरिदारको विज्ञापन नखुलाउने

1492 पटक पढिएको

१७ पुष २०७६, बिहीबार १९:२९ सम्पादक: धादिङ न्यूज

लोकसेवा आयोगले नायब सुब्बा र खरिदार पदको लागि विज्ञापन नखुलाउने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पदपुर्तिसम्बन्धी माग स्थगित गर्ने सम्बन्धमा सूचना जारी गरेको हो।

अर्को व्यवस्था नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरू रिक्त भए पनि हाललाई माग आकृति फाराम भरी पठाउने कार्य नगर्नु नगराउनु हुन अनुरोध छ,’ सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।