बिहानै एक गिलास मनतातो पानी औषधि समान

897 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । पानी स्वास्थ्यका लागि नभई नहुने कुरा हो । यो खानाभन्दा पनि आवश्यक हुन्छ । दिनहु प्रयाप्त शुद्ध पानी पिउँदा शरीरमा निरोगी हुने मात्र होयन, कतिपय रोग आफै निको भएर जान्छन् । मनतातो पानीले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र शरीरमा रहेका रोगहरू हटाइदिन्छ ।

चिसो मौसममा एकाबिहानै एक गिलास मनतातो पानी पिउँदा पुरा दिन राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही खानुहुन्न । दिनभरिमा १० गिलास पानी पिउन चिकित्सकहरु सुझाउँछन् ।

बिहानै एक गिलास मनतातो पानी पिउनुको फाइदा

० पेट सफा
बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा पेट सफा हुन्छ । जसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्नसक्छ र पाचन प्रक्रिया दुरुस्त हुन्छ ।

० चम्किलो छाला
छालालाई चम्किलो बनाउन पानी पिउनु निकै जरूरी छ । खाली पेटमा मनतातो पानी पिउनाले रगत सफा गराउँछ । यसले छालासम्बन्धी समस्या हटाउँछ ।

० मोटोपन कम
बिहान खाली पेटमा पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । जसले अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।

० भोक लगाउँछ
खाली पेटमा मनतातो पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो हुन्छ, जसले भोक लगाउँछ ।

० रोग न्यूनिकरण
खाली पेटमा पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउको दुखाई, पेटमा ग्यास भरिने समस्या कम भएर जान्छ । नियमित पानी पिउँदा यो समस्या हटेर जान्छ ।

  • सांकेतिक तस्बिर / गुगलबाट