कालीदह नजिकै बस दुर्घटना : १८ जना बढी घाइते

1555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी मलेखु सडक खण्डको कालिदह नजिकै विहिवार दिउँसो दुई बस ठोक्किदा १८ जना घाईते भएका छन् । काठमाण्डौं बाट धादिङबेसी आउदै गरेको बा २ ख ५२१२ र दार्खा देखि पोखरा जादै गरेको ना ६ ख ८५७६ नम्बरका बस ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा परि नेत्रावती गाउँपालिका १ का ७ वर्षिय विरेन्द्र थापा, १८ वर्षिय सुरती पन्त, ९ वर्षिय सुज्ञात थापा, वडा नम्बर २ का २१ वर्षिय निसा थापा, निलकण्ठ नगरपालिका २ का २३ वर्षिय केशव नेपाली, तनहुँ जिल्ला भानु नगरपालिका ५ का २१ वर्षिय नविना अछामी, लपाङ फेदीका ४५ वर्षिय उमा पन्त, त्रिपुरा सुन्दरी १ का २० वर्षिय अनिता दराई, गजुरी ३ का ४८ वर्षिय विष्णुहरी प्रजा, गोर्खा धावा ४ का ४५ वर्षिय चन्द्रमान तामाङ, ११ वर्षिय मनिल तामाङ, थाँक्रे १ का २० वर्षिय सिर्जना तामाङ, त्रिपुरा सुन्दरी ३ का १६ वर्षिय कुरीशा थापा, ज्वालामुखी ५ का २७ वर्षिय अन्जु गैरे, ३ वर्षिय प्रविन गैरे, त्रिपुरा सुन्दरी ७ का २९ वर्षिय सुशिला पन्त, ९ वर्षिय आयुषा लामिछाने र २७ वर्षिय विष्णु पन्त घाइते भएको प्रहरीले जनाएको छ ।

  • तस्बिर / जिवन सिम्खडाको फेसबुकबाट