सल्यानकोट माविमा खेलकुद सामाग्री हस्तान्तरण

1297 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

त्रिपुरासुन्दरी-धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा रहेको सल्यानकोट माविमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।

सामाजिक कार्यमा सक्रिय रहादै आएको लायन्स क्लब अफ नेपाल हाईलाईटको पहलमा रुमाहेदी फाउण्डेशन नेपालले शुक्रवार विद्यालयमा एक कार्यक्रमका बिच खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ नेपाल हाईलाईटको ईश्वर भण्डारीका साथै विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका,बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।