पोर्चुगलमा समुन्द्र छालले वगाएर धादिङका दुई दाजुभाईको मृत्यु

692 पटक पढिएको

प्रकाशित मिति: २०७६, २८ पुष सोमबार २१:४७

सम्पादक: धादिङ न्यूज

काठमाडौं- माछा मार्न समुन्द्रमा गएका २ नेपालीको छालले बगाएर मृत्यु भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका उनीहरुको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा धादिङ खनियाबास गाउँपालिका घर भइ बाराको सिमरामा बसोबास गर्दै आएका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइवा छन् ।

उनीहरु समुद्रको छाल हेर्न पर्यटकको भीड लाग्ने कास्काइसको ‘बोका दि इन्फेर्नो’मा माछा मार्नेक्रममा समुन्द्रको छालमा परेका थिए ।

कमलका चार तथा सुरजका तीन छोराछोरी छन् डेनमार्कमा केही समय बसेर उनीहरु ९ महिनाअघि पोर्चुगलमा रहेको एभरेष्ट रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।

घटनास्थल पुगेका अवैतनिक महावाणिज्यदूत मकर हमालले दुबैले निषेधित क्षेत्रमा गएर माछा मारेको र दाजुलाई पहिला बगाउँदा भाइले बचाउन खोजेको र दुवैको ज्यान गएको बताएका छन् ।

दाजुको निधारमा चोट लागेको पाइएको छ। छाल हेरिरहेकामध्ये कसैले पुलिसलाई खबर गरेपछि पोर्चुगलको सामुद्रिक पुलिसले उनीहरुको खोजी गरेको थियो।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, २८ पुष सोमबार २१:४७ मा प्रकाशित