ज्यामरुङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

1271 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ज्यामरुङ-आधारभूत स्वास्थ्य सेवा सहज ढंगबाट गाउँमै उपलव्ध गराउने उद्धेश्यले धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १० मा रहेको स्थानापति माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा निःशुल्क सामान्य चिकित्सा, सुगर र रक्तचाप मापन तथा दन्त परिक्षण गरिएको थियो । शिविरमा १६८ जनाको सामान्य स्वास्थ्य परिक्षण,१९३ जनाको दन्त परिक्षण गरिएको थियो । कार्यक्रममा १४४ जना लाई सरसफाइ सामाग्रीका साथै ६० जना बिद्यार्थीलाई टोपी ,झोला र स्टेसनरी बितरण गरिएको थियो ।


शिविर रोटरी क्लब धादिङ, रोटरी क्लब रुद्रमति काठमाडौ, रोटरी क्लब न्युजर्सी युएस,आशा परियोजना, रोट्रायाक्ट क्लब, नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङ शाखा , हेडस नेपाल धादिङ शाखा, युनिटी स्वास्थ्य सहकारी , नवदिप बचत तथा ऋण सहकारी सस्था,स्थानपति माबि,नीलकण्ठ १० नम्बर वडा कार्यालयको सहकार्यमा सम्पन्न भएको हो ।

हेड्स नेपाल धादिङ शाखाले साबुन, तुथपेष्ट, ब्रस,रोटरी क्लबको तर्फबाट खेलकुद तथा सेनेटरी प्याड ,स्टेसनरी र प्राथमिक उपचार सामाग्री वितरण गरिएको थियो ।
रोटरी क्लबको तर्फबाट कुमारीदेबि माबिका ७५ जना विद्यार्थीलाइ झोला तथा स्टेसनरी सामाग्री बितरण गरिएको छ भने रोटरी क्लब न्युजर्सी अमेरिकाका रोटरीयन तुलसी महर्जनले रोटरी क्लब धादिङको सहकार्यमा बिद्यालयलाई डेक्स बेन्च ,ईलाइब्रेरी, साइन्स ल्याब, कम्प्युटर ल्याब लगायतका भौतिक सुधारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।


सोमबार सम्पन्न भएको स्वास्थ्य शिबिरमा डाक्टर मदन थपलिया , रोटरीयन डाक्टर रामचन्द्र रिजाल , डाक्टर पवन के सि, दन्त स्वास्थ्यकर्मि रोटरीयन मिलन बराइलि लगायत अन्य स्वास्थ्य कर्मिको सहभागिता रहेको थियो स्वास्थ्यकर्मी कृष्णलाल उप्रेतीले जानकारी दिनुभयो ।