युरुङ तामाङको हत्यामा संलग्न बेनिघाटका झ्याप्ले पक्राउ
819 पटक पढिएको

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ का २५ वर्षीय झ्याप्ले भनिने कमल विक हत्या अभियोगमा पक्राउ परेका छन् ।
तिप्लीङ–९ का युरुङ तामाङको हत्यामा संलग्न भएको आरोपमा विकलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार गोंगबु गणेशस्थानबाट पक्राउ गरेको हो ।
झ्याप्लेले २०७१ पुस ३० गते काठमाडौं टोखास्थित दीपज्योतीमा तामाङको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरीले वताएको छ । विकलाई उच्च अदालत पाटनले २०७२ असार २२ मा १० वर्ष कैदको फैसला सुनाएको थियो ।अदालतको फैसला पछि फरार रहँदै आएका विकलाई फैसला कार्यान्वयनका लागि खोजी रहेको प्रहरीले पक्राउ गरि जिल्ला अदालत काठमाडौबाट अनुमति लिई जेल चलान गरेको प्रहरी महाशाखाले जनाएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७६, ८ माघ बुधबार ०७:०० मा प्रकाशित