मोटरसाईकलको ठक्करबाट बद्रीबहादुर कार्कीको मृत्यु

726 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ११ माघ – मोटरसाइकलको ठक्करबाट शुक्रवार राती धादिङको बैरेनीवजार स्थित पृथ्वीराजमार्गमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीवजार बस्ने ६० वर्षीय बद्रीबहादुर कार्की रहेको बैरेनी प्रहरी चौकीले जनाएको छ ।

शुक्रबार राति काठमाडौंबाट चितवनतर्फ गइरहेको प्र ३ ०२ ००९प ५९६० नम्बरको मोटरसाइकलले कार्कीलाई घर अगाडीनै ठक्कर दिएको थियो । ठक्कर पछि कार्कीलाई उपचारका लागि श्री नम्बर ६ बाहिनी अड्डाको फिए गुल्म अस्पताल लगिएको भएपनि अस्पताल पुग्नु अघिनै कार्कीको मृत्यु भएको थियो । मृतक कार्कीको शव शनिवार विहान गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ का अर्जुन कार्कीलाई नियन्त्रणमा लिईएको बैरेनी प्रहरीले जनाएको छ ।