नेकपाको एकता महाधिवेशन २०७७ चैतमा

2447 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दुई ठुला कम्युनिष्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय एकता महाधिवेशन २०७७ चैत २५ गतेदेखि ३० गतेसम्ममा गर्ने प्रस्ताव गरिएको छ ।

बुधबारबाट राष्ट्रिय सभा गृहमा शुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उक्त प्रस्ताव गरिएको हो । सोही लक्ष्य पूरा गर्नका लागि पार्टी एकतासहितका कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिवेदनमा उल्लेख छ ।

प्रचण्डले जारी गरेको राजनीतिक प्रतिवेदनमा पार्टी एकताको काम ढिलै भएपनि सम्पन्न भएको र यसलाई संस्थागत गर्नुपर्ने उल्लेख छ। त्यस्तै पार्टी एकता र समृद्धिको पक्षमा राष्ट्रिय अभियानको समयावधी ५ महिनाको हुनेछ ।अभियानबाट पार्टी एकताको सन्देश सकारात्मक रुपमा प्रवाह हुने बताइएको छ ।