सबारी दुर्घटनामा परि धादिङका दुई जनाको मृत्यु

1764 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ र सुनसरीमा भएको छुट्टाछुट्टै सबारी दुर्घटनामा परि धादिङका दुई जनाको ज्यान गएको छ ।

काठमाण्डौंको नागार्जुन –१ रानीवन पानीट्यांकीमा भएको दुर्घटनामा धादिङ दार्खाकी ४० वर्षीया लीलाकुमारी घलेको मृत्यु भएको छ भने उनकी छोरी २५ वर्षीया छोरी शर्मिला घले घाइते भएकी छिन् । बा १ ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार स्कुटर मृतक घलेकी छोरी शर्मिलाले चलाएकी थिइन । घाईते शर्मिलाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको र बस र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

त्यसै गरि सुनसरीमा भएको दुर्घटनामा धादिङ बैरेनीका २८ बर्षिय दिपक खड्काको मृत्यु भएको छ ।  आईतबार बिहान वा ६ ख ७९५ नम्बरको रात्रीबस र वा ५ ख ३१५७ नम्बरको सप्तकोशी हायस माइक्रो सुनसरीको रामधुनी नगरपालिका तित्रिवनामा एकापसमा ठोक्किएर दुर्घटना हुंदा माइक्रो चालक धादिङ वैरेनीका २८ वर्षीय दीपक खड्का, भक्तपुरकी १७ वर्षीया गरिमा गौतम त्यस्तै झापा भद्रपुर घर भइ काठमाडौं बस्‍ने ७५ वर्षीय हेमराज कोइराला, ६५ वर्षीया डोलमाया कोइरालाको निधन भएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भिम दाहालले जानकारी दिनुभयो ।