शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

3454 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि धादिङबेँसीस्थित खुला मञ्चमा सातौँ धादिङ महोत्सव शुरु भएको हो । महोत्सव फागुन १३ गते सम्म संचालन हुने छ ।


महोत्सवको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले धादिङ जिल्ला राजनैतिक मानचित्रमा मात्र होइन पर्यटन, कृषि, उद्योग व्यवसाय, जडिबुटी,जलयात्रा, धार्मिक पर्यटनका क्षेत्रमा पनि अघि बढिरहेको वताउनु भएको थियो । धादिङ जिल्लाको विकास र परिवर्तन राष्ट्रिय सरोकारको सवाल भएकोले संघीय, प्रादेशिक तथा स्थानीय सरकारले विकास र सम्बृद्धिका लागि दिगो कार्य चित्र बनाएर अघि बढ्नु पर्ने अध्यक्ष दाहालको सुझाव थियो ।

महोत्सवले प्रदर्शनी मार्फत तीनै तहका सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उद्योग र कृषि व्यावसायिक आधुनिकीकरणतर्फ उन्मुख गराउने, निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु¥याउने कार्यक्रमका प्रमुख अतिथि दहालले वताउनुभयो ।


महोत्सवबाट जिल्ला तथा आसपासका अन्य पर्यटकीय स्थलहरूको विकास र विस्तरमा टेवा पुग्नुका साथैस्थानीय बजारको विकास विस्तार एवं विशिष्टीकरणतर्फ उन्मुख गराउने, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, कृषि पेसालाई व्यावसायिक रूपमा विकास गराउन सहयोग गर्ने, आधुनिक एवं नयाँ प्रविधि, उपकरण एवं मेसिनका बारेमा जानकारी गराउन सहयोगी माध्यम हुने संघका अध्यक्ष रुद्रवहादुर खत्रीले जानकारी दिनुभयो ।


महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार एवं प्रवद्र्धनका साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी गराईएको छ । अघिल्ला महोत्सवहरू जस्तै यसपटक पनि कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको विकासका लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष खत्रीले बताए । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ निर्माणजस्ता विषयमा संघले यस अघिका वर्षहरूमा जस्तै निरन्तर काम गरिरहेको संघले समेत जानकारी दिएको छ ।


महोत्सवमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेको आयोजकले बताएको छ । महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै जिल्लाको पर्यटकीय क्षेत्रहरूको जानकारी पनि महोत्सवबाट गराईने भएको छ ।


महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोडभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ भने १ सय १५ वटा स्टलहरू राखिएका छन् ।

महोत्सवमा पर्यटन वर्ष २०२० लाई सफल बनाउनका लागि जिल्लाभित्र सञ्चालित दुई वटा होमस्टेमार्फत विभिन्न परिकारको खाना र बसाइँको व्यवस्थासमेत व्यवस्था रहेको छ, साथै त्यहाँको कला संस्कृति पनि उजागर गर्ने हिसाबले पनि यो भ्रमण वर्ष–२०२० लाई सफल पार्नको लागि पनि यस्ता वस्तुहरूलाई राखेर समेत प्रचारप्रसार गरिएको संघका महासचिव लोकनाथ डल्लाकोटीले वताउनु भयो ।


महोत्सव उद्घाटन कार्यक्रम शुरु हुनुअघि जिल्लाका विभिन्न जातजाती,समुदाय, धार्मिक समुदाय, सामाजिक संस्थाहरुले सदरमुकाम क्षेत्रमा वाजागाजा सहित झाँकी प्रदर्शन गरेका थिए ।

 
महोत्सव उद्घाटन कार्यक्रमलाई संघीय सांसदहरु भूमीप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल,जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखका साथै प्रदेश सांसद राजेन्द्र पाण्डे,डाक्टर रामकुमार अधिकारी नेपाली काँग्रेसका केन्दिय सदस्य मिन विश्वकर्मा ,पूर्वसाँसदहरु, पर्यटन व्यवसायी, निजी क्षेत्रका प्रतिनिधिहरुले सम्वोधन गरेका थिए ।