नेपालमा पाँचौ कोरोना संक्रमित फेला

697 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपालमा पाँचौ कोरोना संक्रमित फेला परेकी छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट अनुसार १९ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो।

उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्। उनी चैत ४ मा क्युआर६५२ बाट नेपाल आएकी हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी २२ वर्षकी युवती हुन् । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनी चैत ४ गते कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी हुन् । त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

यस अगाडि देखिएका ४ वटा केसमा एक जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जना उपचारमा छन्। शुक्रबार उपत्यकाबाहिर धनगढीमा एक युवामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।
अहिलेसम्म नेपालमा कोरोना संक्रमित देखिएका सबै नेपालबाहिरबाट आएका हुन्।

  • न्यूज कारोवार डट कमबाट