चीनले दिएकाे स्वास्थ्य उपचारका सामाग्री नेपाल आइपुग्यो

508 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं , १६ चैत । चीनले दिएको कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको हवाईजहाज आइतबार बिहान काठमाडौं आइपुगेको छ ।

नेपाल एयरलाइन्सका अनुसार उपचारका सामाग्री लिन चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ । ती सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो ।

यसका बारेमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं प्रस्थान गरेको जानकारी दिएकी थिइन् ।