धादिङ कारागारबाट २ वालक सहित २२ कैदीबन्दी रिहा

1473 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज समाचारदाता

धादिङ, – जिल्ला अदालतको आदेशमा धादिङ कारागारबाट २२ जना कैदीवन्दी रिहा भएका छन् । रिहा हुनेमा २ जना बालक समेत छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले कारागारमा रहेका २ जना वालक सहित २२ कैदी बन्दीलाई रिहा गरिएको हो । सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषध लगायत सामान्य प्रकृतिका घटनामा संलग्न भई हिरासतमा रहेका र कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएमा अवस्था जटिल बन्न सक्ने कारण कैदीको संख्या घटाईएको जिल्ला कारागार शाखाका प्रमुख गंगाराम योगीले बताउनुभयो ।

कारागार प्रमुख योगीका अनुसार धादिङका चार महिला तथा १८ पुरुष र यस बाहेक आश्रित दुई बालबालिकालाई पनि आमाबाबुसँंगै छाडिएको हो ।
जिल्ला कारागारमा रहेका कैदीवन्दीहरुलाई कोरोना प्रकोपवाट जोगाउन विशेष व्यवस्थाा गरिएको कार्यालयले जनाएको छ । गएको आईतवार देखि आफन्तहरुलाई भेटघाट वन्द गरिएको छ भने वाहिर वाट लैजाने तरकारी लगायत दैनिक उपभोग्य वस्तुहरु पनि सुरक्षित ढंगले कारागार भित्र लैजाने अनिवार्य व्यवस्था गरिएको छ ।

कारागार भित्र क्षमता भन्दा वढी कैदी वन्दी रहे पनि नवनिर्मित भवन खुल्ला भएको , पानी र उज्यालो पर्यात भएकाले सरसफाईमा ध्यान दिईएको कार्यालयले जनाएको । कैदीवन्दीहरुलाई घाम ताप्ने खुल्ला स्थान पर्याप्त भएकोले विहान योग र भजन किर्तन संगै ५० नाघेका कैदीवन्दीहरुलाई अलग राखेर दैनिक स्वास्थय जाँच गर्ने गरिएको कारागार प्रमुख गंगालाल योगी वताउनुहुन्छ । उमेरले ५० वर्ष देखि ७५ वर्ष सम्मका वृद्ध, दमका रोगी र अन्य कमजोर ३७ जना कैदीवन्दीहरुलाई अलग कोठामा विशेष निगरानीमा राखिएको कारागार प्रमुख योगीले जानकारी दिए । एक सय २५ जना क्षमता रहेको जिल्ला कारागारमा अहिले ३ सय ३० जना कैदीवन्दीहरु छन ।