सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण पोजेटिभ

1334 पटक पढिएको

२ बैशाख २०७७, मंगलवार १३:२५ सम्पादक: धादिङ न्यूज

धादिङन्यूज

धादिङ, २ बैशाख । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आईरहेकाहरुमा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिएका तीन जना मध्ये दुईको पिसिआरमा पनि पोजेटिभ आएको छ । अस्पताल स्रोतका अनुसार छोरा बुहारीको टेस्ट पोजेटिभ देखिएको हो। बाँकी एक जनाको रिर्पोट आउन बाँकी छ।

उनीहरु गत चैत ४ गते बेलायतबाट कतार एयरवेजको विमानमा नेपाल आएका थिए। सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाव संकलन गरिएको थियो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित संख्या अब १६ पुगेको छ। सोमबार दुई जनामा कोरोना संक्रमण भेटिएको थियो भने आइतबार तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको थियो।