मोटरसाइकल चालकलाई लाठीचार्ज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

2604 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । आजभोली मानिसहरु सामाजिक सञ्जालमा कस्ता बिषय खोजीरहेका हुन्छन ? जवाफ पाउन मुस्किल छ । हरेक मान्छेले आफ्नो स्वभाव अनुसारका सवालहरु पोष्ट गर्नुका साथै त्यस्तै बिषयको खोजी लाईक शेयर, कमेण्ट गरिरहेका हुन्छन । अहिले मुलुक लकडाउनमा भएकाले सबैको ध्यान अब के हुन्छ भन्नेमा केन्द्रित छ । कोरोना भाईरस संक्रमण, उपचारका लागि भएका प्रयास,लकडाउन, लकडाउनमा मानिसहरुले भोगिरहेका समस्या, राज्यको भूमिका, सरकारी कर्मचारी र जनप्रतिनिधिहरुको जिम्मेवारी आदी बिषयमा अहिले सामाजिक सञ्जालमा धेरै बहस भईरहेका छन ।

धादिङको सदरमुकाम धादिङबेसी पुछारवजार चोकमा प्रहरीले मोटरसाइकल चालकलाई लाठीचार्ज गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रहरी सहायक निरीक्षक (असई) चुना अर्यालले एक जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडियोमा देखिन्छ । घटना मंगलबार साँझको हो, कुटाई खाने युवक को थिए, खुल्न सकेको छैन । असईसँगै अरु दुई जना प्रहरी पनि देखिन्छन । मोटरसाइकल रोकेर ति असईले असभ्य भाषामा ‘तँ कहाँ जान लागेको, लकडाउन छ भन्ने थाहा थिएन ?’ भन्दै कटवासको लौराले कुटेको भिडियोमा प्रष्टसंग देखिन्छ ।

मोटरसाइकल चालक समस्या परेर सड्कमा निस्केको हो कि होइन भन्नेबारे नबुझी बल प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको व्यापक आलोचना भएको छ । जिल््ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले भिडियोबारे आफूले सुनेको भन्दै भिडियो हेरेर आवश्यक कारवाही गर्ने प्रतिकृया दिएको भएपनि कारवाही के भयो केही खुलेको छैन । धादिङ न्यूज डट कमका प्रधानसम्पादक केशव अधिकारीले उक्त भिडियो आफ्नो फेसबुक वालमा पोष्ट गरेपछि प्रहरीको पक्ष विपक्षमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नो धारणा राखेका छन ।

बुधवार विहान १०. वजेर २१ मिनेटमा अधिकारीको फेसबुकमा पोष्ट भएको ‘भिडियो शुक्रवार विहान १० वजे सम्ममा ५४ हजार भन्दा धेरैले भिडियो हेरिसकेका छन भने ११ सय जनाले भिडियो शेयर गरेका छन । । सो भिडियो धादिङका पत्रकार नारायण सिलवाल मार्फत अधिकारीलाई प्राप्त भएको हो ।

भिडियो हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लकडाउन उल्लंघन गर्ने सर्वसाधरण र लाठी प्रहार गर्ने प्रहरी माथि आआफ्नै ढंगबाट आलोचना, प्रतिकृया, सुझाव दिएका छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

धादिङ सदरमुकाम धादिङ्बेसीमा पनि सुरु भयो जस्तो छ प्रहरिको एक्सन । लक डाउनको बेला अनुमति बेगर बाइक कुदाउदा यसै गरि भेटियला है

Posted by Keshav Adhikari on Tuesday, 14 April 2020