एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिए
919 पटक पढिएको
काठमाडाैं : नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ३० पुगेकाे छ। शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका छन्।
उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ। त्यसैगरी चितवन पनि दुई जनामा काेराेना संक्रमण देखिएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हाे। विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियाे।
उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकाे थियाे। यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवन राप्ती नगरपालिकाकामा पनि थपिएका छन्। ‘विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ’, स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ नै देखाएको छ।’ उदयपुरमा भेटिएकामध्ये १२ जना पुरुष हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय पुरुष छन्। चितवनको राप्तीमा भेटिएका दुवैजना पुरुष २७ र ६३ वर्षीय छन्। नेपालमा लकडाउन हुनुअघि नै आएर बसेका भनिएका उनीहरुको कोशी अञ्चल अस्पतालको ल्याबमा कोरोना परीक्षण गर्दा आठजनामा ‘पोजेटिभ’ देखिएको हो। र्यापिड टेस्ट गरिएका १६ जनाकै शंका लागेर बिहीबार परीक्षण गर्दा १२ मा कोरोना पोजेटिभ देखाएको हो। बिराटनगरमा गरिएको परीक्षणपछि उनीहरुको स्वाब काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पनि पोजेटिभ नै आएको हो।
चितवनका दुईजनामा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुईजनाकै कोरोना पोजिटिभ देखिएको हो। यसअघि भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको हिजो राती कोरोना पोजेटिभ नतिजा देखिएको थियो। त्यसपछि राति नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो । पूर्वीचितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित दुईजना अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।