लकडाउनमा बिहे गर्दा सुदिपलाई भयो धोखा

3666 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउन लम्बिंदै जांदा मुलुकले धेरै खाले संकट व्यहोर्नु परिरहेको छ ।

आर्थिक, सामाजिक, शैक्षिक, विकासका साथै अन्य कुनै पनि गतिविधि अहिले ठप्प हुन पुगेको छ । त्यति मात्रै होइन धार्मिक, सांस्कृतिक गतिविधि, पर्व, मेला पनि अहिले रोकिएको छ ।

चैत महिनाबाट शुरु भएको लकडाउन बैशाख महिनाको दोश्रो सातासम्म पनि जारी छ । बैशाख महिना बिशेष गरी नयाँ घरजम गर्नेहरुको लागि लगन भएको महिना हो । विहे गर्ने उमेर पुगेका युवायुवती यो बर्ष चाहेर पनि विवाह बन्धनमा बाँधिन सकिरहेका छैनन । सामाजिक दुरी कायम गर्दै कोरोनाबाट बच्नु पर्ने भएकाले भिडभाड हुने कार्य गर्न अहिले रोक लगाईएको छ ।

सरकारको निर्देशनको पालना गर्दै एकाधजोडी बिबाह बन्धनमा बाँधिएपनि लकडाउनले उनिहरुलाई निकै असर पारेको छ । देशमा लकडाउन लागेको बेला सामाजिक दुरी कायम गर्दै एक जोडी विवाह वन्धनमा बाँधिन पुगेको छ । न त लावालस्कर जन्ती, न कुनै भोज भतेर, न त कनुनै वाजा गाजा र तामझाम देखिन्थ्यो त्यो बिवाहमा । सामान्य औपचारिकताका साथ पुरा भएको त्यो विवाह सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा सम्पन्न भएको थियो ।

लकडाउनकै बेलामै त्यो विवाह कसरी सम्पन्न भयो ? विहे पछि बेहुला बेहुलीका बिच के कु्राले मनमुटाव बढ्यो यि सबै जान्नका लागि हांस्यव्यंग्यका क्षेत्रमा यस जोडीका एक खम्बा सुदिप खतिवडाले लकडाउनको बेलामा हुन सक्ने बिहेको कथालाई कोरोना बिबाह नाम दिएर भिडियोमा उतारेका छन ।

विहे र पात्र काल्पनिक भएपनि अहिलेको अवस्थालाई भिडियोले राम्रो संग चित्रण गरेको छ । भिडियोमा सुदिप खतिवडाका साथमा राजाराम खतिवडा, विकास अर्याल विकजोन,मिना भण्डारी, निशा खड्का,रुपेन्द्र खतिवडा, सुसन खतिवडाको अभिनय रहेको छ ।

के थ्रि मिडियाद्धारा तयार पारिएको भिडियाको कथा लेखन सुदिपको हो भने निर्माता राजाराम खतिवडा र छायाँकन तथा सम्पादन सुसन खतिवडा मिस्टर दारीले गरेका छन । भिडियो केथ्रि मिडियाको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।