लकडाउनमा नौविसे नागढुङ्गा सडक मर्मत

952 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सवारी चापका कारण संधैभरी व्यस्त हुने गरेको धादिङको नौविसे देखि काठमाण्डौंको नागढुङ्गा सडक खण्ड मर्मतका लागि लकडाउन उपयुक्त समय बनेको छ ।

लडाउन अघि सम्म एकै छिन विारी साधन रोंकिंदा हजारौं यात्रुको बिचल्ली हुने गरेको राजधानी काठमाडौंबाट बाहिरिने सडक डेढ महिनादेखि सुनसान जस्तै छ । अति आवश्यकीय सेवाका सवारी साधन र खाद्यान्न लगायतका सामान लिएर राजधानी आउने र काठमाण्डौंबाट फर्कने सिमित सवारी साधनका कारण नौविसे नागढुङ्गा सडक खण्ड मर्मतमा अहिले सजिलो भएको हो ।

लकडाउनको कारण देशनै ठप्प भएको बेला नागढुंगा नौबिसे सडक मर्मत र स्तरोन्‍नति काम भने रोकिएको छैन। सवारीसाधन सडकमा नहुँदा सडक निर्माणको कामले तीव्रता पाइरहेको सडक विभागका कर्मचारीहरु बताउँछन् । लकडाउनको कारण सडकमा सवारी साधन न्यून भएकाले सडक निर्माणको काम धमाधम भएको हो । नौबीसे नागढुङ्गा सडकखण्डमा पर्ने तीनवटा ठूला घुम्तिहरु काट्ने कम सकिएको छ भने सडक फराकिलो बनाउने काम अहिले धमाधम भईरहेको सडक विभागले जनाएको छ ।

लकडाउनको सदुपयोग गरेर मजदुरहरू १५ किलोमिटर सडक निर्माणको काममा जुटेका छन् । सडक मर्मत कार्यमा २० जनाभन्दा बढी मजदुर दैनिक काममा खटिएका छन् ।