छिमेकीले खुकुरी हान्दा फुलखर्क दाङसिङमा एक जना घाईते

1232 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, (गंगाजमुना) २८ बैशाख – धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित फुलखर्क दाङसिङमा शनिवार सांझ खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् ।

छिमेकी भिमसेन बुढाथोकीले खुकुरी प्रहार गर्दा गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका ३१ ब्र्षिय यमबहादुर गुरुङको दुबै खुट्टा र दायाँ हातमा गहिरो चोट लागेको फुलखर्क प्रहरी चौकीले जनाएको छ ।

घर जोडिएका छिमेकी गुरुङ र बुढाथोकीका बिचमा झगडा पर्नुको मुल कारण खुल्न नसकेपनि शनिवार साढे ६ वजे तिर मिलबाट भारी लिएर घर आउँदै गरेका गुरुङलाई बुढाथोकीले आफ्नै घर नजिकै खुकुरी प्रहार गरि गुरुङको वांयाँ हात दुवै खुट्टामा गहिरो चोट हुने गरि काटेको जानकारी आएको फुलखर्क प्रहरीले जनाएकोछ ।

खुकुरी प्रहार गरेर घाईते बनाएको आरोपमा वुढाथोकीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीले बुझाएका थिए । बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याएर न्यायिक हिरासतमा राखी अनुसन्धान शुरु गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईते गुरुङलाई रातीनै उपचारका लागी सदरमुकामस्थित जिल्ला अस्पताल धादिङबेसी ल्याईएको छ ।

यसै गरि गंगाजमुना गाउँपालिका वडा नम्बर ६, भंगेरी स्थित नरसिग घलेको दुईतले कच्ची घरमा बिद्युत सर्ट भई आगलागी हुदा करिव ७ लाख वरावरको धनमाल क्षती भएकोछ । आगलागीबाट घर भित्र रहेको अन्नपात, लत्ताकपडा, नगद, कागजपत्रहरु सबै जलि नस्ट भएको वताईएको छ

उक्त आगलाागी वाट अन्दाजि सात लाख रकम वरावरको क्षति भएको पिडितले वताएका छन् । आगलागी भएको स्थानमा प्रहरी चौकि बसेरी बाट प्रहरी हवल्दारको कमाण्डमा गएको ३ जनाको टोलि र स्थानिय बासिले संयुक्त रुपमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।