छिमेकीको खुकरी प्रहारबाट शिक्षक गुरुङको मृत्यु ( Up Date News)

2070 पटक पढिएको

२८ बैशाख २०७७, आईतवार ०७:३१ सम्पादक: धादिङ न्यूज

धादिङ, २८ बैशाख – धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित फुलखर्क दाङसिङमा शनिवार सांझ खुकुरी प्रहारबाट गम्भिर घाईते एक युवकको मृत्यु भएको छ ।

छिमेकी भिमसेन बुढाथोकीले खुकुरी प्रहार गर्दा गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका ३१ बर्षिय यमबहादुर गुरुङको दुबै खुट्टा र दायाँ हातमा गहिरो चोट लागेपछि उनलाई उपचारका लागि रातीनै जिल्ला सदरमुकाम स्थित धादिङ अस्पताल ल्याईको थियो । अत्याधिक रक्तश्रावका कारण गुरुङको उपचारका क्रममा राती मृत्यु भएको हो ।

घर जोडिएका छिमेकी गुरुङ र बुढाथोकीका बिचमा झगडा पर्नुको मुल कारण खुल्न नसकेपनि शनिवार साढे ६ वजे तिर मिलबाट भारी लिएर घर आउँदै गरेका गुरुङलाई बुढाथोकीले आफ्नै घर नजिकै खुकुरी प्रहार गरि गुरुङको वांयाँ हात दुवै खुट्टामा गहिरो चोट हुने गरि घाईते वनाएको फुलखर्क प्रहरी चौकीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने वुढाथोकीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याएर ज्यान मुद्धामा अनुसन्धान शुरु गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईते गुरुङलाई राती अबेर उपचारका लागी सदरमुकामस्थित जिल्ला अस्पताल धादिङबेसी ल्याईएको थियो ।