धादिङका २१ जना पत्रकारको आरडिटी रिपोर्ट नेगेटिभ

1315 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ जेठ – धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना पत्रकारको आरडिटी परीक्षण नेगेटिभ देखिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आग्रहमा स्वास्थ्य कार्यालय धादिङले सोमबार सदरमुकाममा रहेका पत्रकार मध्ये पहिलो चरणमा २१ जना पत्रकारको आरडिटी परिक्षण गराएको हो ।

समाचार संकलनका क्रममा अग्रभागमा रहेर काम गर्ने क्रियाशील पत्रकारको कोरोना परीक्षण गर्न पत्रकार महासंघले विपत व्यवस्थापन केन्द्र (सिएमससि) संग गरेको आग्रह अनुसार पहिलो चरणमा २१ ज्ना पत्रकारको आरडिटी परिक्षण गरिएको कमाण्ड पोष्टका सदस्य सचिव स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिनुभयो । सोमबार गरिएको परिक्षणमा सबै जनाको नतिजा नेगेटिभ आएको पनि डाक्टर पौडेलले वताउनुभयो ।

जिल्ला सदरमुकाम भन्दा वाहिर रहेका पत्रकारहरुका लागि उनिहरु बसिरहेको स्थानीय तहको स्वास्थ्य शाखा संग समन्वय गरि सोही स्थानमा आरडिटी परिक्षणका लागि पहल भईरहेको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुललीले जानकारी दिनुभयो ।

पत्रकारहरुका साथै सदरमुकाम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत गरि १ सय जनाको आरडिटी परिक्षण गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।