नेपाल-भारतबीचको सीमा विवाद संयुक्त राष्ट्र संघमा लैजाने चेतावनी

1200 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ७ जेठ । लिपुलेक, कालापानी तथा लिम्पियाधुराको भूभागमा रहेको नेपाल भारतको बीच विवादलाई संयुक्त राष्ट्र संघमा लैजाने विश्व प्रजातान्त्रीक संगठनले चेतावनी दिएको छ ।

हंगेरीमा केन्द्रीय कार्यालय रहेको ‘विश्व प्रजातान्त्रीक युवा संगठन’ले नेपाल र भारतबीचको सीमा विवादको रुपमा रहेको दार्चुला जिल्लाको लिपुलेक, कालापानी तथा लिम्पियाधुरामा भरएको नेपाल भारतबीचको विवादलाई तत्काल कुटनैतिक तरिकाले समाधान खोज्न अपिल गरेको छ ।

संघले नेपाल र भारतबीचको सीमा विवाद तत्काल कुटनीतिक रुपले समाधान गरी अघि बढ्न आग्रह गर्दै आवश्यक परे संयुक्त राष्ट्रसँग मध्यस्तकर्ताको रुपमा भूमिका निर्वाह गर्न संगठन तयार रहेको जनाएको छ । त्यस्तै आवश्यक परे संयुक्त राष्ट्र संघसँगको सहकार्य गराउन संघ समेत सदैव तयार रहेको समेत जानकारी गराएको छ ।

मंगलवार संगठनले एक विज्ञप्ती जारी गर्दै भारतीय प्रवृत्ती प्रतिकृयावादी सरकारको कट्टरपन्थी चरित्र भएको उल्लेख गर्दै संगठनले सीमा अतिक्रमण गरी भारतको विस्तारवादी नीतिको कडा रुपमा खण्डन गर्दै चरम दमन नगर्न चेतावनी समेत दिएको छ ।

केही समय अघि भारत सरकारले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक एकलैटी रुपमा निर्माण गरी नेपाल भारतबीच भएको सुगौली सन्धी विपरित गरेको निश्कर्ष निकाल्दै संगठनले भारतीय शासक वर्गले नेपाललाई थिचोमिचो गरेको भन्दै कडा आपत्ती जनाएको विज्ञप्तीमा उल्लेख गरेको छ । विज्ञप्तीमा संघले कुनै पनि साम्राज्यवादीलाई अस्वीकार गर्ने उल्लेख गर्दै नेपाल र नेपाली जनताको सार्वभौमिकताको बिरूद्ध हस्तक्षेप तत्काल बन्द गर्न आग्रह समेत गरेको छ ।

संगठनका उपाध्यक्ष सुन्दर भुषालको विशेष पहलमा भएको भिडियो कन्फ्रेन्सको माध्यमबाट गरिएको संगठनको छलफलले उक्त निर्णय निकालेको हो । लिपुलेक, कालापानी तथा लिम्पियाधुरा नेपाली भूमि हो भन्ने संगठनको स्पष्ट धारणा रहेकोले जानकारी गराउँदै उपाध्यक्ष भुषालले भारतले तत्काल कुटनैतिक वार्ता तथा छलफलको माध्यबाट समस्या समाधानको बाटो खोजी नेपाल भारतबीचको सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुपर्ने बताउनुभयो । कुनै पनि ठूलो तथा सानो मुलुकको स्वभिमान समान भएको उल्लेख गर्दै उपाध्यक्ष भुषालले भारतले विस्तारवादी नीतिलाई त्यागी नेपाल भारत दाजुभाईको सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

  • एभरेष्ट मिशन डट कमबाट