धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

1725 पटक पढिएको

प्रकाशित मिति: २०७७, २४ जेष्ठ शनिबार १९:३९

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ, २४ जेठ – धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङको गठन गरिएको छ ।

शनिवार धादिङबेसीमा जुम मिटिङबाट सम्पन्न  भएको प्रथम भेलाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गोमा थापा (पिजनखबर डट कम), सचिवमा नारायण सिलवाल ( धादिङ पोष्ट डट कम), कोषाध्यक्षमा रामवहादुर ठकुरी ( नागरिक पाटी डट कम) चयन हुनु भएको छ ।

यसै गरी भेलाले कार्य समितिको सदस्यमा शिवप्रसाद देवकोटा ( रेडियो विहानी डट ओआरजी), दोलख गुरुङ (धादिङ अपडेट डट कम),बद्री अधिकारी ( धादिङ सञ्चार डट कम), विबेक अर्याल( इरातोपर्दा डट कम) र धमेन्द्र श्रेष्ठ ( स्काईसञ्चार डट कम) चयन गरेको छ । दुई जना सदस्य कार्य समितिले थप गर्ने छ । संस्था दर्ताका लागि विधान मस्यौदा समिति बनाउने निर्णय पनि भेलाले गरेको छ ।

भेलाले संगठित हुन र जिम्मेबार पत्रकारिताको दायरामा आउन आवश्यक सवै कार्यहरु गर्दै जाने बिषयमा पनि भेलमा छलफल भएको थियो । भेलाले अनलाईन संचालकलाई समस्या पर्दा एकजुट भएर सहयोग गर्ने, पेशागत हकहित संरक्षणसँगै पेशागत गुणस्तर बृद्धिका लागि निरन्तर कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ ।

भेलामा विज्ञका रुपमा बोल्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का केन्द्रिय सदस्य सरोज पौडेल, नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्मा, प्रेस संगठन नेपाल धादिङका संयोजक राजन अधिकारीले मर्यादित पत्रकारिताका लागि अनलाइनहरु प्रतिवद्ध हुनुपर्ने, पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार, र जनउत्तरदायी बनाउन सुझाव दिनुभएको थियो । जिम्मेबार सञ्चार माध्यमको रुपमा अनलाइन स्थापित हुनुपर्ने अतिथिहरुको सुझाव थियो ।

 

जिम्मेबार पत्रकारिताका मर्मलाई ख्याल गर्दै पेशालाई व्यवस्थीत गर्न, सहयोग तथा अनुभव आदानप्रदान गर्न र नीतिगत व्यवस्थाका लागि सजिलो हुने भएकाले संगठित हुनु परेको डिजिटल मिडिया नेटवर्क धादिङ तदर्थ समितिका अध्यक्ष अधिकारीले बताउनु भएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, २४ जेष्ठ शनिबार १९:३९ मा प्रकाशित