धादिङमा कोरोना सँक्रमित हुनेको संख्या ९४ जना पुग्यो
1601 पटक पढिएको

धादिङ , ५ असार – धादिङ जिल्लामा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ९४ जना पुगेको छ । शुक्रवार २ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या ९४ जना पुगेको हो ।
शुक्रवार नीलकण्ठ नगरपालिका वडा नम्बर १० का ३२ बर्षिय र १४ का २९ बर्षिय एक एक जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पु्ष्टि गरेको हो ।
धादिङ जिल्लामा संक्रमित हुनेको संख्या नीलकण्ठ नगरपालिकामा ५३ जना, ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, सिद्धलेक गाउँपालिकामा २ जना, नेत्रावती डबजोङ,गल्छी, थाँक्रे र गजुरी गाउँपालिका र धुनीबेसी नगरपालिकामा १ र १ जना रहेको छ । यि मध्ये ५ जना निको भएर घर फर्किसकेका छन् ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७७, ५ असार शुक्रबार २०:५० मा प्रकाशित