गल्छी पालिका एक साताका लागि वन्द

1542 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ ।
बुधवार गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको उपस्थितीमा बसेको सरोकारवालाहरुको बैठकले साउन २९ गते बिहीबारदेखि लागू हुने गरि पालिका भित्र अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो । बैठकमा गल्छी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजु अधिकारी, ६ का अध्यक्ष राजन श्रेष्ठ, ७ का अध्यक्ष हरिप्रसाद खतिवडाका साथै सुरक्षा निकायका प्रतिनिधि, व्यवसायीहरुको उपस्थिती रहेको थियो ।


विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोविद १९ को रोकथाम तथा न्यूनीकरणका निम्ति बसेको भनिएको सरोकारवाला बैठकले अत्यावश्यक सेवा वन्द गर्ने, कार्यालय, वजार नखोल्ने, मानिसहरुलाई हिंडडु्लमा रोक्ने जस्ता निर्णय गरेको छ ।


बैठकले गाउँपालिका भित्रका,पसल,सम्पुर्ण सरकारी कार्यालय,फिरफिरे एवंम खोलाबाट समेत बालुवा निकाल्न पूर्ण रुपमा १ हप्ताको लागि बन्द गरिने निर्णय गरेको छ । त्यसैगरि यस समयमा हुने चाडपर्वमा लाग्ने भिडभाड हुन नदिने पनि बैठकले निर्णय गरेको छ ।


सरोकारवालाहरुको बैठकबाट भएको निर्णयमा गल्छी ४ को बेल्खु खोला पुल र ७ को खेस्टे खोला पुल भित्र पर्ने पृथ्वीराजमार्ग क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि गाडी रोक्न नदिने निर्णय गरिएको छ ।
साथै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै मास्क नलाइकन सडकमा निस्किएमा १०० रुपैयाँ जरिवाना गर्ने सरोकारवालाहरुको बैठकले निर्णय गरेको छ ।