गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

1787 पटक पढिएको

प्रकाशित मिति: २०७७, २८ श्रावण बुधबार २०:२४

सम्पादक: धादिङ न्यूज

 

 

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ ।

करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा करदातालाई थप २५ प्रतिशत जरिवाना लाग्नुका साथै आन्तरिक राजस्व संकलनमा समेत प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कर कार्यालय नियमित संचालन गर्न निर्देशन दिएको छ ।

बुधवार दिउँसो संकट व्यवस्थापन समितिको बैठकले जिल्लाको राजमार्ग क्षेत्र र सदरमुकाम आसपासमा निषेधाज्ञा जारी गर्ने प्रस्ताव जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेपछि स्थानीय प्रशासन ऐन २०२८ को अनुसार निषेधाज्ञा जारी गरिएको केही घण्टामै कर कार्यालय वन्द गर्न गरेको निर्णय सच्याईएको सूचना आएको हो । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रवहादुर मल्लले हस्तक्षर गरि जारीगरेको सूचनामा कर कार्यालय वन्द नहुने जानकारी गराईएको हो ।


गल्छी गाउँपालिकाका व्यवसायी,जनप्रतिनिधिहरु समेत बैठकले पनि करकार्यालय वन्द गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, २८ श्रावण बुधबार २०:२४ मा प्रकाशित