धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

1054 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले गर्ने भएको छ । नेत्रावती मिडिया प्रा.लि.बाट अनलाइनको स्वामित्व डिन्यूजमा सरेसंगै कम्पनीले धादिङ न्यूज डट कमको सम्पादकमा रामचन्द्र रुपाखेतीलाई नियुक्त गरेको छ । डिन्यूज मिडिया प्रा.लि.को सञ्चालक बैठकले २०७७ भदौ ३० गते बाट रुपाखेतीलाई अनलाइनको सम्पादकको जिम्मेवारी दिने निर्णय गरेको हो । रुपाखेती यस अघि उज्यालो न्यूज डट कमको सम्पादक हुनुहुन्थ्यो ।

समाजशास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गर्नु भएका रुपाखेती पत्रकारिता, सामाजिक सेवाका साथै शिक्षण पेशामा समेत सक्रिय हुनुहुन्छ । धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ११ घर भएका रुपाखेती एक दशक भन्दा अघिदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

स्वयंसेवी रक्तदाता समाज धादिङको उपाध्यक्ष समेत रहनु भएका रुपाखेती चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज ( सिर्डस धादिङ ) को दुई कार्यकाल उपाध्यक्ष भएर सामाजिक क्षेत्रमा सफल सामाजिक अभियन्ताको रुपमा समाजलाई महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ ।

जिल्लाको पहिलो अनलाइन पत्रिकाको सम्पादकमा चयन हुनपाउनु आफ्नो लागि निकै खुसी संगै चुनौती पनि भएकाले पेशागत मर्यादा र पत्रकार आचारसंहितालाई ख्याल राख्दै आफ्नो कार्यकालमा धादिङ न्यूज डट कमको बिश्वसनीयता, लोकप्रियतालाई अझै मजबुत बनाउँदै जनउत्तरदायी र खोजी पत्रकारितालाई प्राथमिकतामा राख्ने रुपाखेतीले प्रतिबद्धता जनाउनु भएको छ ।