बेतिनीमा ट्रक पल्टिंदा दुईजनाको मृत्यु एक जना गम्भिर घाईते

911 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२० असोज । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ स्थित बेतिनीमा मंगलबार दिउँसो स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टर बाट काठमाडौ पठाईएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा सोही गंगाजमुना गाउँपालिका वडा नम्बर ४ का ४० वर्षिय बेगबहादुर तामाङ र दल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिना ले जानकारी दिएका छन् । बेग बहादुर सोही ट्रकका चालक हुन् ।

मंगलबार बिहान सामान लिएर नेत्रावती डबजोङ लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिव ४ सय मिटर तल खसेर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

दुर्घटनामा परि घाइते भएकाहरुलाई उद्दार गरि उपचारका लागि धादिङ अस्पताल धादिङबेसि ल्याईएको थियो ।
गम्भीर घाइते रामबहादुर तामाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौ पठाईएको छ भने अरु दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।