थाक्रेमा दुर्घटना, एक जनाको मृत्यु
688 पटक पढिएको

धादिङ ,२४ असोज । धादिङ थाक्रे ९ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ट्रिफर र बस आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाईते भएका छन् । आज बिहान करिव ३ बजे भएको उक्त दुर्घटनामा परि ट्रिफर चालक ललितपुर महानगर पालिका २९ हरिसिद्दी निवासी ३५ वर्षिय चालक कृष्ण लामाको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते हुने मकवानपुर जिल्ला कैलाश गाउँपालिका ५ का २२ वर्षिय अजय मोक्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
काठमाडौबाट मलेखु तर्फ जाँदै गरेको बा ५ ख ४९९ नम्बरको ट्रिफरले रौतहटबाट काठमाडौतर्फ जाँदै गरेको ना ५ ख ४९२ नम्बरको बसलाई ठक्कर दिँदा ट्रिफर सडकबाट ५० मिटर तल महेश खोलामा खसेको थियो ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७७, २४ आश्विन शनिबार ०९:०२ मा प्रकाशित