अति विपन्न परिवारलाई रेडक्रसको सहयोग

743 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- नेपाल रेडक्रस सोसाईटी धादिङले जिल्लाका अति विपन्न १०६ परिवारलाई दोश्रो चरणको सहयोग अन्र्तगत नगद तथा गैर खाद्य सामाग्री उपलव्त्रध गराएको छ ।

गएको साउन र भदौ महिनामा आएको पहिरोमा परेर घर गुमाएका जिल्लाका ६ स्थानीय तहका १०६ परिवारलाई सम्वन्धित वडा कार्यालयको सिफारिसमा नगद तथा गैर खाद्य सामाग्री बितरण गरिएको हो । पहिरो पिडितहरुसवैलाई रेडक्रसले तत्काल बस्ने टेण्ट, खाना पकाउने, खाने भाँडाकुंडा, लत्ता कपडा र कम्वल लगायतका समाग्री उपलव्ध गराएको थियो ।

शनिवार गजुरी गाउँपालिकाको वडा नम्बर २ चाम्बासका १९ र मलेखुका १३ गरि ३२ जनालाई जनही ५ हजार रुपैयाँका साथ स्वास्थ्य तथा सरसफाईका सामान बितरण गरिएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेतको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता ढुंगाना, गजुरी २ का वडाअध्यक्ष चुडामणी कँडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रेडक्रसका जिल्ला पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
धादिङ रेडक्रसका सभापति नारायण तिमल्सिनाको अध्यक्षतामा सहयोग वितरण कार्यक्रम सम्पन्न भएको हो । जिल्लाको गजुरी, गल्छी, सिद्धलेक, वेनिघाटरोराङ, त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाका सम्बन्धित वडा कार्यालयको सिफारिश बाट छानिएका व्यक्तिलाई सहयोग बितरण गरिने रेडक्रस धादिङका सभापति नारायणप्रसाद तिमिल्सिनाले वताए ।