पप्पु कन्ट्रक्सनले अलपत्र छाडेको जिन्टेटारको पुल निर्माण शुरु

1183 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी ( धादिङ) धादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ६ को जिन्टेटारबाट र वडा नम्बर १ को सालटार जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल निर्माण कार्य बल्ल शुरु भएको छ । निर्माण शुरु भएको लामो समय भईसक्दा पनि काम नियमित हुन नसकेर अलपत्र पर्दै आएको उक्त पुलको निर्माण ठेक्काको जिम्मेवारी पप्पु कन्ट्रक्सनले पाएको छ । ठेक्का जिम्मेवारी पाएर पनि काम नगरि अलपत्र अवस्थामा छाडेको धादिङको बैरेनीस्थित जिन्टेटारलाई स्यालटारसँग जोड्ने त्रिशुली नदीमाथिको मोटरेवल पुल निर्माणको कामले बल्ल तीब्रता पएको हो ।

पुल निर्माणको काम पप्पु कन्ट्रक्सनले विचमा अलपत्र छाडिदिएपछि रसुवा कन्ट्रक्सनलाई सडक विभागले बाँकी कामको जिम्मा दिएको हो । पाँच वर्षअधि पप्पु कन्ट्रक्सनले सडक विभागसँग सो मोटरएवल पुल निर्माणको जिम्मा लिएको थियो ।

रसुवा कन्ट्रक्सनले पुल निर्माणको काम सुरु गरी अलपत्र अवस्थामा रहेको निर्माणको काम साठी प्रतिशत सम्पन्न गरी सकेको जनाएको छ । अब भने सो स्थानमा छिट्टै पक्की मोटरएवल पुल निर्माण हुने स्थानीयहरु बताउँछन ।

पप्पुले निर्माणको जिम्मा लिईएको चार वर्षमा एकापट्टीको पिल्लर मात्र गाडेर अलपत्र अवस्थामा पुल छाडिदिएको थियो । अहिले पुलको लागी आवश्यक चारओटा पिल्लर ठड्याई सकेको छ ।

पप्पु कन्ट्रक्सनले सो पुल सडक विभागसँग १८ करोडको लागतमा दुई वर्ष भित्र निर्माणको काम सम्पन्न गर्ने गरी जिम्मा लिएको भएपनि बिचमै काम छाडेर हिंडेपछि बाँकी काम नयाँ निर्माण कम्पनीले पाएको हो ।

एक सय पचास मिटर लम्बाईको सो पुल निर्माण लगतै बैरेनीको जिन्टेटारटारदेखी कल्लेरीको स्यालटार हुंदै पृथ्वीराजमागैको बैकल्पिक मार्गको रुपमा प्रयोग आउन सक्नेछ ।

  • एनटिभि अनलाइनबाट