बुढाथुममा प्रहरी चौकी भवनको उद्घाटन

1005 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बुढाथुम- धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुममा नयाँ बनाईएको प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा भवनको निर्माण गरिएको हो ।भवन निर्माणका लागि बागमती प्रदेश सरकारले २ करोड रूपैयाँ उपलव्ध गराएकोमा निर्माण कम्पनीले १ करोड ६९ लाख रूपैयाँमा ठेक्का कबोल गरेर निर्माण कार्य सम्पन्न गरेको हो ।भवन निर्माणको ठेक्का आर डि एस निर्माण सेवाले लिएको थियो ।


उक्त कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य जगत सिंखडा‚ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा ‚ धादिङका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख महेन्द्र खड्का, गंगाजमुना गाँउपालिकाका उपप्रमुख एञ्जिला तामाङ लगायतको आतिथ्य रहेको थियो ।


यसै गरी सुरक्षा निकायका प्रमुखहरु‚ जनप्रतिनिधी‚ संचारकर्मी‚ स्थानीयबासी लगायतको पनि उपस्थिति रहेको थियो ।