लापाका बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग

1030 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लापा – बाढी पहिरो लागेर घरबार विहिनभएका रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का  ३२ परिवारलाई नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले नगद तथा गैर खाद्य सामाग्री बितरण गरेको छ ।

रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ को तायुङ र ब्राम्दङका ३२ घर बाढी पहिरो पीडितहरुलाइ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
रेडक्रस केन्द्रिय समितिको सहयोगमा धादिङ रेडक्रसले मंगलबार गाउँमै पुगेर प्रति व्यक्ति ५ हजार नगद र अन्य गैर खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति नारायणप्रसाद तिमिल्सिना, उपसभापति डोलवहादुर अधिकारी, कोषाध्यक्ष कृष्णप्रसाद लम्साल, जिल्ला शाखा सदस्य मिम्वा तामाङका साथै लापा रेडक्रसका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
रेडक्रसले बाढी पहिरो तथा अन्य विपत्तिमा परेर प्रभावितभएकाहरुलाई तत्कालिन अवस्थामा खाद्यान्न लत्ताकपडा तथा अस्थायी वसोवासका लागि सहयोग गर्दै आईरहेको छ ।